असोज ३० गते २०८३ || October 16, 2026

एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे आज निर्णय गर्ने


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:०९

एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे आज निर्णय गर्ने

काठमाडौँ-नेकपा एकीकृत समाजवादीले सरकारमा जाने वा नजानेबारे आज  निर्णय गर्ने भएको छ । पार्टीको शनिबार भएको स्थायी कमिटी बैठकमा नेताहरूले बोल्नेक्रम सुरु भएको र सरकारबारे आइतबार निर्णय हुने नेताहरूले बताएका छन् । सरकारबारे पर्ख र हेरुको नीति लिएको समाजवादीले स्थायी कमिटी बैठकबाट सरकारमा सहभागिताबारे निर्णय गर्ने जनाइएको छ ।

सरकारमा जानेबारे पार्टीमा दुई थरी मत छन् । एकीकृत समाजवादीका सांसद तथा नेताहरुले नयाँ सत्ता गठबन्धनमा सामेल हुनुपर्ने भन्दै अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाललाई दबाब दिइरहेका छन्। सांसदहरू सरकारमा गएर पार्टीलाई बलियो बनाउनुपर्ने मत राख्दै आएका छन् । तर, चुनाव हारेका र सांसद नरहेका नेताहरू भने सरकारमा नगई पार्टी निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन् ।


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीले सरकारमा जाने/नजानेबारे आज निर्णय गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend