असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू


शुक्रबार, मंसिर १९ २०८२०५:२४

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू भएको छ।

फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा सरकार, दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूबीच छलफल भएको हो।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार मन्त्री जगदीश खरेल, अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिल सिन्हालगायत छन्।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र केन्द्रीय सदस्य महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टीबाट नेता प्रकाश ज्वाला, रास्वपाबाट नेताहरू शिशिर खनाल र सोबिता गौतम सहभागी छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत पनि छलफलमा सहभागी छन् भने बैठकमा सुरक्षा निकायमा प्रमुखहरू पनि सहभागी छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend