असोज २९ गते २०८३ || October 15, 2026
कुम्म देउवालाई नेपाल विद्यार्थी संघ CTEVT केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी

कुम्म देउवालाई नेपाल विद्यार्थी संघ CTEVT केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी


मंगलबार, मंसिर २३ २०८२०३:४१

कुम्म देउवालाई नेपाल विद्यार्थी संघ CTEVT केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी

कालिकोटका कुम्म देउवालाई नेपाल विद्यार्थी संघ CTEVT केन्द्रीय समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिइएको छ।
CTEVT केन्द्रीय समन्वय समितिको अध्यक्ष पद रिक्त रहेकाले नेपाल विद्यार्थी संघको विधान–२०२७, सातौँ संशोधन–२०७५ अनुसार तीन महिनाभित्र विधिवत् अधिवेशन सम्पन्न गर्ने गरी देउवालाई अध्यक्षको भूमिका तोकिएको हो।

नेपाल विद्यार्थी संघकेन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले देउवालाई जिम्मेवारी दिने निर्णयसँगै, संघको विधि–विधान, अनुशासन र मर्यादाभित्र रहेर संगठनलाई अझ सक्रिय र गतिशील बनाउन अपेक्षा व्यक्त गरेका छन्।

उनले देउवाको नेतृत्वले CTEVT समन्वय समिति अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै कार्यकाल सफल होस् भन्ने शुभकामना दिएका छन्।

यस निर्णयको प्रतिलिपि नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा र CTEVT केन्द्रीय कार्यालय सानोठिमी, भक्तपुरलाई समेत पठाइएको छ। 

नेपाल विद्यार्थी संघले निकट भविष्यमा CTEVT क्षेत्रका विद्यार्थीहरूलाई संगठित, सक्षम र प्रतिनिधित्वयुक्त नेतृत्व प्रदान गर्ने लक्ष्यसहित यो कदम अगाडि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend