असोज ३० गते २०८३ || October 16, 2026

केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने: विन्दा पाण्डे


मंगलबार, मंसिर २३ २०८२०४:४७

केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने:  विन्दा पाण्डे

काठमाडाैँ । नेकपमा एमाले नेतृ विन्दा पाण्डेले अध्यक्ष केपी ओली तेस्रो पटक अध्यक्ष नबन्ने बताएकी छन् । एमालेको ११औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महाधिवेशनको अन्तिम समयमा अध्यक्ष ओलीले नयाँ अनुहार अगाडि सार्ने बताएकी हुन् । 

महाधिवेशनको उम्मेदवारी दर्ता गर्ने दिनसम्ममा अध्यक्ष ओलीले आफुले नेतृत्व छाडेको घोषणा गर्नेमा आफू विश्वस्त रहेको उले बताइन् । अध्यक्ष ओलीले नेतृत्व छोडेर नयाँ पुस्तालाई नेतृत्व गर्नको लागी सघाउनेमा आफू आशावादी रहेको उनको भनाई छ ।

नेपाली राजनीतिमा पछाडिको नेतृत्वलाई मार्गदर्शन गर्ने परिपाटी अहिलेसम्म नरहेको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले त्यसको मान्यता स्थापित गर्ने बताइन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend