कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउने गरी काम गर्न परिपत्र


बुधबार, मंसिर २४ २०८२०१:५९

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउने गरी काम गर्न परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय तत्काल टुंग्याउने गरी काम गर्न परिपत्र गरेको छ ।

महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराउँदै सदस्यताको विषयमा केन्द्रित हुन जिल्ला सभापतिहरूलाई परिपत्र गरेका हुन् ।

परिपत्रमा भनिएको छ, ‘क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend