असोज ३० गते २०८३ || October 16, 2026

भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकार : सूचना प्रविधि मन्त्री खरेल


बुधबार, मंसिर २४ २०८२०२:१७

भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकार : सूचना प्रविधि मन्त्री  खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा सञ्चारिका समुहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।

त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता समेत भइसकेको उनले बताए ।

मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियार लगाएतका राज्यका निकायहरुमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरे ।

 

उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सवै तयारी गरिसकेको जानकारी दिए ।

त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend