असोज ३० गते २०८३ || October 16, 2026

जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन डा.शेखर कोइरालाको निर्देशन


शनिबार, मंसिर २७ २०८२०४:१७

जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन डा.शेखर कोइरालाको  निर्देशन

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र बरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन् ।

कोइरालाले लामो समयदेखी पार्टीभित्र र बाहिरका फोरमहरुमा युवापुस्तालाई राज्यको मुल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए । आफुले कोभिड महामारीकै समयदेखी युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि कोइरालाले गरे ।

आज प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग बिशालनगरस्थित कोइरालाकै सम्पर्क कार्यलयमा भएको भेटघाटमा नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरुले पुर्याउनु भएको योगदानको सधै उच्च कदर हुने बताए।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरुको अनुभवको सहयोगको खाँचो रहेको पनि उनले प्रष्ट पारे ।

"सयौं योद्धा र युवाहरुको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक बिचलन आएको छ" कोइरालाले भने- "पार्टी भित्र मुल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।"

जिल्ला-जिल्लाबाट आएका सेनानीहरुलाई पार्टीको आसन्न महाधिवेसन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन दिए ।

fb13e45b-15a8-408e-ab12-ade51408ecec.jpeg
undefined

9b3416da-c50e-4fe6-ac45-7b19811b895d.jpegbb5ce02d-ed18-44af-bf26-1ed8f3855059.jpeg


  • सम्बन्धित विषय:

  • # शेखर कोइराला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend