असोज ३० गते २०८३ || October 16, 2026

नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट


मंगलबार, पुस १ २०८२०१:२३

नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट

आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ।

क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न जानुभएको हो ।

भेटमा कोइरालाले क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवासामु बताए । कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया शुरु हुनै नसक्ने तर्क राखे ।

अनुशासन कारबाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारबाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियोे ।


  • सम्बन्धित विषय:

  • # sekhar koirala


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend