असोज ३० गते २०८३ || October 16, 2026

जेनजी सहिदकी आमा परिन रास्वपाको समानुपातिक सूचीमा


मंगलबार, पुस १५ २०८२११:२०

जेनजी सहिदकी  आमा परिन  रास्वपाको समानुपातिक सूचीमा

 रास्वपाले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक सूचीमा राखेको छ। 

खतिवडा समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा छन्। 

उक्त क्लस्टरबाट प्रतिभा रावल पहिलो नम्बरमा छिन्। त्यसपछि  विद्षी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल, मञ्जु भूसालपछि रचना खतिवडाको नाम उल्लेख छ।

खतिवडाले पनि आफ्नो नाम रास्वपाको समानुपातिक सूचीमा रहेको पुष्टि गरेकी छन्।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend