असोज ३० गते २०८३ || October 16, 2026

आज नेपाली टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०७:५३

आज नेपाली टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ - आज अंग्रेजी नयाँ वर्ष सन् २०२३ । आजको दिनमा नेपालमा पनि नयाँवर्षसँगै नेपाली टोपी तथा राष्ट्रिय पोसाक दिवस मनाइँदैछ।


विश्वभर अंग्रेजी नयाँ वर्षको रौनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टोपी र पोसाकको प्रवर्द्धनका लागि पोसाक र टोपी लगाएर झण्डा फहराउँदै नेपाली पोसाकको पहिचान र परम्पराको जगेर्ना गरेको पाइन्छ ।

केही वर्षदेखि नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।
जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।


  • सम्बन्धित विषय:

  • # आज नेपाली टोपी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend