नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नु विधानतः बाध्यकारी मात्र नभई पार्टीको एकता र आत्मविश्वासका लागि अनिवार्य भएको बताउनु भएको छ ।
मेलमिलाप दिवसको अवसरमा बुधबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै थापाले पुस मसान्त भित्र विशेष महाधिवेशन अनिवार्य भएको बताउनु भएको हो ।
पुस २६ देखि गर्ने भनिएको नियमित महाधिवेशनको तालिका प्रभावित भएसँगै थापाले विशेष महाधिवेशन गर्नुपर्ने बताउनु भएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नियमित गर्न सकिने तर विशेष महाधिवेशनको सम्भावना नभएको बताउनु भएको थियो ।