सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा मध्यरातमा गोली लागेर मृत्यु भएका रिक्सा चालकको घटनामा स्थानीय प्रशासन र पीडित पक्षबिच पाँच बुँदे सहमति भएको छ ।
सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको संयोजकत्वमा समिति गठन भएको छ ।
बुधबार राति गोली चलाउने सशस्त्र प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयले सडकमा साहको मृत शरीर राखेर प्रदर्शन गरेपछि बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति गरेको हो
सहमति अनुसार घटनाको निष्पक्ष छानबिन गरी दोषी माथि कारबाही गर्ने उल्लेख छ । मृतककी श्रीमती र छोरालाई रोजगारी दिने र काजक्रिया एवम् क्षतिपूर्ति बापत सहयोग उपलब्ध गराइने छ ।