असोज ३० गते २०८३ || October 16, 2026

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : गृहमन्त्री बालकृष्ण खाँण


बिहीबार , चैत ३ २०७८०६:२३

स्थानीय तहको निर्वाचन समयमै हुन्छ : गृहमन्त्री बालकृष्ण खाँण

तौलिहवा - सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताएको हो ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उनले बताए। भने, ‘सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्ने हामी विश्वस्त छौं ।’ निर्वाचनमा अहिलेसम्म भाग नलिएका दलहरुले पनि भाग लिने उनले विश्वास व्यक्त गरे।

गृहमन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन गरेका छन्। लोकतन्त्रलाई सबल पार्ने, जनताको हक अधिकारलाई जनतामाझ पु्र्याउन निर्वाचनको मुल दायित्व रहेको उनले बताए। स्थानिय निर्वाचनले नगरपालिका, गाँउपालिकाहरुको निर्वाचन र निर्वाचित हुने जनप्रतिनिधिले विकासलाई तिब्रता दिनु हुनेछ उनले बताए।

राजनीतिक रुपमा कतिपय मुद्दाहरुमा असहमति हुनसक्छ, आफ्ना फरक र पृथक धारणाहरु हुन सक्छन्, त्यसलाई नेपाली काँग्रेसले सदैव सम्मान गर्दैआएको छ उनले  भने। नेपाल बहुल्य भाषा, संस्कृति, जात, धर्म भएको देश भएकाले विविधतालाई एकताको केन्द्रविन्दुमा स्थापित गर्नुपरेको गृहमन्त्री खाँणले बताए।

 


  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण
  • # गृहमन्त्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend