असोज ३० गते २०८३ || October 16, 2026

महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निष्काशन गर्न सहमहामन्त्री यादवको प्रस्ताव


शुक्रबार, पुस १८ २०८२०२:२८

महामन्त्री गगन र विश्वप्रकाशलाई पार्टीबाट निष्काशन गर्न सहमहामन्त्री यादवको प्रस्ताव

सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशन गर्ने छलफल जारि छ । 

छलफलमा पूर्व उपसभापति विमलेन्द्र निधी, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान सहमहामन्त्री महेन्द्र यादव सहभागी रहेको उच्च स्रोतले जनाएको छ । 

आज बस्ने पार्टीको कार्यसम्पादन समितिको बैठकमा सहमहामन्त्री यादवको प्रस्तावमा महामन्त्रीद्धय थापा र शर्मालाई पार्टीबाट निष्काशित गर्ने निर्णय गर्ने गरी तयारी भएको उच्च स्रोतले जनाएको छ । 

नेतृत्वले नियमित महाधिवेशन समयमा नगर्ने निश्चित भएपछि ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेको विशेष महाधिवेशनलाई समयमै गर्न विधानअनुसार अगाडि बढेका महामन्त्रीद्धयलाई देउवाले हटाउन खोज्नुभएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend