कात्तिक १ गते २०८३ || October 17, 2026

प्रचण्ड किन दिल्ली जाँदै छन् आज ?


आइतबार, पुस २० २०८२११:०४

प्रचण्ड किन दिल्ली जाँदै छन् आज  ?

 पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड आइतबार भारत जाँदै  हुनुहुन्छा । आइतबार साँझ उहाँ  नयाँ दिल्ली जान लाग्नु भएको हो ।

नयाँ दिल्लीमा नेपाली समाज भारतको आयोजनामा हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उहाँ आइतबार त्यसतर्फ जान लागेको बताइएको छ ।

देश निर्वाचनमा केन्द्रित रहेका बेला प्रचण्ड भारत जान लाग्नुभएको हो । जेनजी आन्दोलनपछि समाजवादीसहितका दलहरुलाई समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका प्रचण्ड आइतबार भारत भ्रमणका लागि दिल्ली जान लाग्नुभएको हो । उहाँको भारत भ्रमण नेपालका राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


उहाँ भोलि साँझ नै स्वदेश फर्किने भनिएको छ । 


भोलि साँझ फर्किने कार्यक्रम छ,’ आचार्यले भन्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend