असोज ३० गते २०८३ || October 16, 2026

रास्वपाले बृहत्तर एकता घोषणा सभा गर्दै


आइतबार, पुस २० २०८२०२:३२

रास्वपाले  बृहत्तर एकता घोषणा सभा गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा समायोजना घोषणा गर्न लागेको हो।

आजै मात्र नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका हुन् । रास्वपामा अन्य थरूहट, थारूवान नेताहरू पनि रास्वपा प्रवेशको तयारी गरेका छन्।

‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरूहट थारूवान/अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ,’ पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend