असोज ३० गते २०८३ || October 16, 2026

देउवा निवासमा शीर्ष नेताहरूको बैठक : कांग्रेसमा महाधिवेशन विवाद


आइतबार, पुस २० २०८२०३:१०

देउवा निवासमा शीर्ष नेताहरूको बैठक : कांग्रेसमा महाधिवेशन विवाद

पार्टीको १५‍‌औँ महाधिवेशन सम्बन्धमा देखिएको विवादबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको छ । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा देउवाले उहाँहरुसँग छलफल गरिरहनु भएको हो । 


छलफलमा संस्थापनका वर्तमान र पूर्वपदाधिकारीहरू तथा कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी हुनुहुन्छ । 

बैठकमा विशेष महाधिवेशन गरेरै छोड्ने महामन्त्री गगन थापाको अडान र तयारीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो  । 

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको हो ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन पुसभित्रै गरिछाड्ने बताउनु भएको छ  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend