असोज ३० गते २०८३ || October 16, 2026

पार्टी फुट्दैन, विशेष महाधिवेशन हुन्छ : विश्वप्रकाश शर्मा


सोमबार, पुस २१ २०८२११:३८

पार्टी फुट्दैन, विशेष महाधिवेशन हुन्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण विभाजित नहुने बताउनु भएको छ । विभाजित हुन लागेको भन्दै चिन्ता व्यक्त भइरहेका बेला महामन्त्री शर्माले पार्टी पंक्तिलाई विश्वत हुन भन्नुभएको हो ।

महामन्त्री शर्माले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो , ‘विशेष महाधिवेशन हुन्छ। पार्टी विभाजन हुँदैन।’ विधान अनुसार माग भएको विशेष महाधिवेशन हुँदा विभाजित नभई थप मजबुत हुन बल पुग्ने बताउनु भयो ।


पुस २७ र २८ गते हुने गरी विशेष महाधिवेशनको प्रचार गरिएको छ। विशेष महाधिवेशनको लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ। विशेष महाधिवेशनले कार्यबिधि विशेष महाधिवेशन हलले तय गर्ने पक्षधर नेताहरुले जानकारी गराउनु भएको छ । ‘विशेष महाधिवेशनले पारित गर्ने एजेण्डा हलले कार्यबिधि बनाएर तय गर्छ, महामन्त्री शर्माले भन्नुभयो ।

२९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाएर विशेष महाधिवेशनको माग गरिएको थियो। विशेष महाधिवेशनको लागि हस्ताक्षर थप बढ्ने मागकर्ताहरुको दाबी छ।

विशेष महाधिवेशनको हस्ताक्षर संकलन गर्ने अगुवा मध्येका एक नेताले भन्नुभयो , ‘हस्ताक्षर फिर्ता गर्न दबाब दिने क्रम बढेको छ। केही व्यक्तिले फिर्ता लिन पनि सक्छन् । तर, बढ्नेको सङ्ख्या धेरै छ । ५४ प्रतिशत बढेर ६४ प्रतिशत माथि पुग्छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend