असोज ३० गते २०८३ || October 16, 2026

रास्वपाको सचिवालय बैठकमा लिमा र सोविता अनुपस्थित


मंगलबार, पुस २२ २०८२०४:१२

रास्वपाको सचिवालय बैठकमा लिमा र सोविता अनुपस्थित

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकमा कोषाध्यक्ष लिमा अधिकारी र सचिवालय सदस्य सोविता गौतम अनुपस्थित हुनुभएको छ । 

सचिवालय सदस्य बसुमाया तामाङले बैठकमा आउनेबारे जानकारी दिएपनि मंगलबारकाे बैठकमा अनुपस्थित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

झाका अनुसार अधिकारी नेपाल बाहिर र गौतम कार्यक्रमका लागि झापा रहेकाले अनुपस्थित रहनु भएको छ । रास्वपाको सचिवालयमा पदाधिकारी सहित १२ जना सदस्य रहनु भएको छ ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार तय गर्नेदेखि केन्द्रीय समिति विस्तारसम्मका विषयमा छलफल हुनेछ ।

यस्तै निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधिबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । 

प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend