कात्तिक १ गते २०८३ || October 17, 2026

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारी सुची


बुधबार, पुस २३ २०८२१२:०४

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारी सुची

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनकालागि उम्मेदवारी टुंग्याएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने भएका छन् । जसअनुसार कांग्रेसको भागमा ९ जना परेको छ। एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो।

कांग्रेसले टुंग्याएको सूची अनुसार काेशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।  

मधेसमा धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्नुहुने छ ।

बागमतीमा गीता देवकाेटा, गण्डकीमा तिमिल्सिना उम्मेदवार बन्नु भएको छ।

लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय हुनुभएको छ।

सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्नुभएको छ।

एमालेले मधेसबाहेक अन्यत्र उम्मेदवार टुंग्याइसकेको छ। जसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ। दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend