असोज ३० गते २०८३ || October 16, 2026

लिङ्देन - देउवाबीच भेटवार्ता


बुधबार, पुस २३ २०८२०५:०६

लिङ्देन - देउवाबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच आज भेटवार्ता भएको हो।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुग्नुभएको थियो।

त्यस अवसरमा आसन्न चुनाव र समसामयिक राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठको भनाइ छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend