असोज २९ गते २०८३ || October 15, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ४ बजे बस्दै


बिहीबार , पुस २४ २०८२०१:११

कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ४ बजे बस्दै

 नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएको छ।   दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ  ।


बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने बुझिएको छ । मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend