असोज २९ गते २०८३ || October 15, 2026

कांग्रेसमा विवाद : विशेषको विपरीतमा संस्थापनको युवा भेला


बिहीबार , पुस २४ २०८२०१:३५

कांग्रेसमा  विवाद : विशेषको विपरीतमा संस्थापनको युवा भेला

नेपाली कांग्रेसको संस्थापन सूमहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला गर्ने भएको छ । विशेष महाधिवेशनको उद्घाटन हुन दिन कांग्रेसको संस्थापन पक्षले सानेपामा युवा भेला गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवासँग बिहीबार छलफल गरेर संस्थापन पक्षले २७ पुसमा युवा भेला आयोजना गर्ने निर्णय गरेको नेताहरूले बताउनु भएको छ । भेलाको संयोजनको जिम्मा नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरूङलाई दिइएको छ ।


सभापति देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य गुरू बरालले युवा भेलाको आयोजनबारे पुष्टि गर्नु भएको छ । ‘२७ गते पार्टी कार्यालयमा युवा–विद्यार्थीको भेला गर्ने भएका छौं,’ सभापति देउवासँगको छलफलपछि उहाँले भन्नुभयो , ‘२८ गतेको बारेमा तय हुँदैछ ।’

संस्थापन निकट स्रोतले २८ पुसमा जिल्ला सभापतिहरूको भेला गरिने जानकारी दिएको छ । स्रोतका अनुसार सभापतिहरूको भेलाका लागि समन्वयको जिम्मेवारी भक्तपुर सभापति दुर्लभ थापा र बागलुङ सभापति जीत शेरचनलाई जिम्म लगाइएको छ ।

सभापति देउवासँगको छलफलमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण, एनपी साउद, जीतजंग बस्नेत, गुरु बराललगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो  ।

यस्तै भ्रातृ संगठन नेपाल तरूण दलका अध्यक्ष विघान गुरूङ, नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पा, नेपाल महिला संघका अध्यक्ष उषा राउतको पनि सहभागिता रहेको थियो ।

विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्  । महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend