नेपाली कांग्रेस ललितपुर जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा खुलेको छ । जिल्ला समितिले आगामी पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनका लागि ललितपुरको कुपण्डोलबाट प्रदर्शन सुरु हुने बताएको छ ।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले कुपण्डोल, हनुमानस्थानमा भेला भई बाजागाजा, झाँकीसहितको र्यालीसहित भृकुटीमण्डप पुगिने जानकारी दिनुभएको छ।
‘२०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि ललितपुर जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौँ’, श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
जिल्ला सभापति श्रेष्ठले दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन पार्टी पङ्तिलाई अनुरोध गर्नुभएको छ ।