हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
शुक्रबार उहाँले सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गर्नु भएको हो ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ उहाँले भन्नुभएको छ ।
उहाँले कुन पार्टीबाट चुनाव लड्ने उल्लेख गर्नु भएको छैन। यद्यपि पछिल्लो समय उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्नेमा भूमिका खेल्नु भएको थियो ।
गत निर्वाचनमा गोरखा-१ मा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको थियो ।