असोज ३० गते २०८३ || October 16, 2026

हैसियत भन्दा धेरै माग राखे पछि,पार्टी एकता तोड्नु पर्यो : सचिवालय बैठकमा रविको ब्रिफिङ


शनिबार, पुस २६ २०८२०४:४३

हैसियत भन्दा धेरै माग राखे पछि,पार्टी एकता तोड्नु पर्यो :  सचिवालय बैठकमा रविको  ब्रिफिङ

राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङनिकट उज्यालो नेपालबीच एकताको सहमति १२ दिनमै तोडिएको छ।

रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच पार्टी एकता गर्ने पुस १४ को निर्णय कार्यान्वयनबारे पटक पटक कुरा हुँदा पनि सहमति जुट्न नसकेर आज एकता भंग भएको छ ।

रास्वपा सचिवालयको आज दिउँसो बसेको भर्चुअल बैठकमा सभापति लामिछानेले अधिकतम लचकता देखाउँदा पनि पार्टी एकता बचाउन नसकेको ब्रिफिङ गर्नु भएको  सचिवालय सदस्यले जानकारी दिनुभयो ।

‘पार्टी एकताको पूर्ववत: सहमतिअनुसार अघि बढ्न मैले अधिकतम लचकता अपनाएको हुँ तर उज्यालो नेपालसँगको एकता हाललाई स्थगित गर्नुपर्ने अवस्था आयो,’ सभापति लामिछानेका कुरा उद्धृत गर्दै एक सचिवालय सदस्यले भन्नुभयो , ‘पार्टी एकता सहमति बचाउन सकिनँ।’

ती सचिवालय सदस्यका अनुसार उज्यालो नेपालले पार्टीको नाम फेर्नेदेखि प्रत्यक्षतर्फ क्षेत्रहरू तोकेर आफूलाई चाहिनेसम्म अडान राखेको थियो। त्यसमा रास्वपा नेतृत्व मान्न तयार देखिएन।

‘यो यो क्षेत्र नै चाहिन्छ भनेर माग्नुभयो, त्यो अहिले दिन सकिने कुरा भएन। समानुपातिकतर्फ पनि उहाँहरूको असन्तुष्टि रहेछन्,सिट तोकेर भागबन्डा गर्ने कुरा आयो। अहिले पार्टी एकताभन्दा पनि जितेर आएपछि एकता गरौंला भन्ने कुरा पनि आएका थिए,’ ती सदस्यले भन्नुभयो , ‘मेयर बालेन शाहलाई भन्दा कम केन्द्रीय समिति र पदाधिकारी स्वीकार्य छैन भन्नेजस्ता कुरा पनि आए।’

सचिवालय सदस्य शिशिर खनालका अनुसार हाललाई उज्यालो नेपालसँगको एकता स्थगित गर्ने सचिवालय बैठकले निर्णय गरेको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend