असोज २९ गते २०८३ || October 15, 2026

एमालेका उम्मेदवार सिफारिस नेता नै रास्वपामा प्रवेश


शनिबार, पुस २६ २०८२०४:५९

एमालेका  उम्मेदवार सिफारिस नेता नै रास्वपामा प्रवेश

 नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नु भएको छ । 

शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उहाँ पार्टी प्रवेश गर्नु भएको हो  । बस्नेत एमाले दैलेखमा चिनिएकै नेता हुनुहुन्थ्यो । उहाँलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । सोही अनुसार यो पटक एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो।

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिनुभायो  । तर बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ । यता बस्नेतले भने रास्वपा प्रवेश गरेपछि एमाले कार्यकर्ताहरू अचम्ममा परेका छन् । 

एक नेताका अनुसार उहाँ एमालेबाट टिकट नपाउने निश्चित भएसँगै रास्वपमा प्रवेश गर्नुभएको हो । सम्भवतः बस्नेत रास्वपाबाट दैलेख-१ मा चुनाव लड्ने सम्भावना देखिएको छ। 

शनिबार पार्टी प्रवेश गर्नेमा अनेरास्ववियु पूर्वकेन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य  प्रकाश ढुङ्गाना, नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी अधिकृत बखतबहादुर शाहीलगायत हुनुहुन्छा  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend