असोज २९ गते २०८३ || October 15, 2026

नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय कोषाध्यक्षमा फुडोमा शेर्पाको उम्मेदवारी घोषणा


शनिबार, पुस २६ २०८२०६:२९

नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय कोषाध्यक्षमा फुडोमा शेर्पाको उम्मेदवारी घोषणा

नेपाल शेर्पा विद्यार्थी संघ (Nepal Sherpa Student Association) को १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा फुडोमा शेर्पाले केन्द्रीय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ निवासी शेर्पाले संघभित्र इमानदार, पारदर्शी र जवाफदेही आर्थिक व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो। उहाँका अनुसार संघको आर्थिक प्रणालीलाई व्यवस्थित, विश्वासिलो र समयसापेक्ष बनाउनु नै आफ्नो प्रमुख लक्ष्य हो।
उम्मेदवार शेर्पाले संघको आम्दानी–खर्चको स्पष्ट अभिलेख राख्ने, वार्षिक तथा कार्यक्रमगत बजेट निर्माण गर्ने र समयमै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, कार्यसमितिका अन्य पदाधिकारीसँग सहकार्य गर्दै संघलाई संस्थागत रूपमा बलियो बनाउने धारणा उहाँको छ।
नेपाल शेर्पा समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारका विषयमा संघले खेल्दै आएको भूमिकालाई अझ सुदृढ बनाउँदै शेर्पा विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा नेतृत्व विकासमा सक्रिय योगदान दिने उहाँले स्पष्ट पार्नुभयो।
महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको यो उम्मेदवारी घोषणालाई संघभित्र आर्थिक अनुशासन र पारदर्शिताको अपेक्षासँग जोडेर हेरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend