असोज २९ गते २०८३ || October 15, 2026

थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी


बिहीबार , माघ १ २०८२११:०९

थापाको नेतृत्वमा  केन्द्रीय कार्यसमितिको पहिलो बैठक जारी

 विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक भइरहेको छ । 


गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बसिरहेको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिनुभयो  । 

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।   

पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा  कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको छ  । 


संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र शर्मालाई अनुशासनको कारबाही गरेर पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend