विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारीहरू अनौपचारिक छलफलमा जुट्नु भएको छ ।
बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने गरी पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। त्यसअघि पदाधिकारीहरू अनौपचारिक छलफल गरिरहनु भएको छ ।
गएराति भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापालाई कांग्रेस सभापति चयन गरेको थियो।
उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाललाई चुनेको छ।
महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल चुनिनु भएको छ ।
त्यस्तै सहमहामन्त्रीहरूमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) चयन हुनु भएको छ ।
केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलामा ९ जना तथा विभिन्न क्लस्टरमा १२१ जना केन्द्रीय सदस्य चयन हुनु भएको छ ।