निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ ।
नेपाली कांग्रेसभित्र बढेको विवादसँगै सो पार्टीका नेता कायकर्ताहरूको बाक्लो उपस्थिति भएसँगै आयोगमा शुक्रबार थप सुरक्षा तैनाथ गरिएको हो । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगमा पुगेसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनु भयो ।
बिहीबार बिहानै आयोगमा कांग्रेस देउवा पक्षका नेता कार्यकर्ताहरू पुग्नु भएको छ । केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त सँग छलफलका लागि उहाँको कार्यकक्षमा पुग्नु भएको छ भने आयोग परिसरमा तरुण दलका कार्यकर्ताहरू उपस्थित हुनुहुन्छ ।