नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठकमा डा शेखर कोइराला पनि सहभागी हुनुभएको छ । आज केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा कोइराला पनि सहभागी हनु भएको हो।
पहिला बैठकमा नजाने तयारी भए पनि सबैले भागेर हुन्न जानुपर्छ भनेपछि कोइराला बैठकमा जानुभएको उहाँको सचिवालयले जानकारी दिएको छ।
बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १२ बजेदेखि सुरु भएको छ ।