विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गर्नु भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाको ‘मोवाइल’ चुनाव चिन्हबाट उहाँहरु निर्वाचनमा सहभागी हुनेगरी पार्टी प्रवेश गर्नु भएको हो ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमका बीच उहाँहरुलाई पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गर्नु भएको छ । पार्टी प्रवेश गराउदै उहाँले एकजुट भएर निर्वाचनमा होमिन आग्रह समेत गर्नु भएको छ ।
विगत तीन दशकदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका सुनसरी निर्वाचन क्षेत्र नं. १ का लोकप्रिय व्यक्तित्व तथा जागरण स्वतन्त्र मञ्चका संयोजक खगेन्द्र श्रेष्ठ र सुनसरी युवा नेता निरञ्जन ठाकुर आजपामा प्रवेश गर्नु भएको हो ।
यसैगरी, रेक्स ईन्टरटेनमेन्टका अध्यक्ष तथा पूर्व राष्ट्र सेवक नेपाली सेनाका सुवेदार खगेश रञ्जित समेत आजपामा प्रवेश गरेको सो पार्टीले बताएको छ ।