नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् । उनले भने- मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।
कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताए।
पार्टीको कठिन अवस्थामा डा. कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिएका थिए । छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनु पर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।
आज काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छ्न । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।
डा. कोइरालाले भने, निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नु पर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको बताए ।
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाइ अदालतको निर्णय मान्ने हुने समेत बताए ।
नेता तथा कार्यकर्तालाइ निर्वाचन सँगै १५औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए ।