सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनु भएको छ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा. जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उहाँले राजीनामा दिनु भएको हो ।
प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उहाँले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा. जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहनु भएको थियो ।