कात्तिक १ गते २०८३ || October 17, 2026

डा.महावीर पुनको म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता


मंगलबार, माघ ६ २०८२०१:१५

डा.महावीर पुनको  म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिएका छन्  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले स्वतन्त्र उमेदवार दिएका छन्  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, नाङ्गीका डा. पुनले देशमा सुशासन र राजनीतिक स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको बताए । स्वतन्त्र उम्मेदवारी दिएका उनले देशव्यापी युवा उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend