असोज २९ गते २०८३ || October 15, 2026

टिकट खोसिएपछि अब्बुलले गरे जगदीशलाई समर्थन


मंगलबार, माघ ६ २०८२०३:०६

टिकट खोसिएपछि अब्बुलले गरे जगदीशलाई समर्थन

सुनसरी ४ बाट एमालेबाट उम्मेदवार पाएर पनि टिकट खोसिएका अब्बुल हुसेन अन्सारीले बाहिरबाट आएर उम्मेदवार बन्नेहरूलाई हराउनु पर्ने बताउनु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका एमाले उम्मेदवार जगदीश कुसियैतको समर्थनसहित अन्सारीले बाहिरबाट आएर हालीमुहाली गर्नेहरूलाई हराउन एमाले प्रवेश गरेको बताउनु भयो  ।

कांग्रेसबाट यस क्षेत्रका दाबेदार हुसेनले टिकट नपाउने भएपछि हिजै एमाले प्रवेश गरेर टिकट ल्याउनु भएको थियो  । तर, पार्टी पङ्क्तिमा चौतर्फी विवरोधपछि उहाँको टिकट खोसेर कुसियैतलाई नै अघि सारिएको छ ।

सुनसरी-४ मा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की विजयी हुँदै आउनु भएको छ  । भोजपुरमा ३ पटक पराजित भएपछि सुनसरी झरेका कार्कीलाई यहाँ कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले टुरिस्ट उम्मेदवार बन्दै आलोचना गरेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend