असोज २९ गते २०८३ || October 15, 2026

काठमाडौं-४ छाडेर सर्लाही-४ बाट लड्दै गगन थापा


बुधबार, माघ ७ २०८२०३:०३

काठमाडौं-४ छाडेर सर्लाही-४ बाट लड्दै गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापा यस पटकको चुनावमा सर्लाही रोज्नु भएको छ । यसअघि ३ पटक चुनाव जितेको काठमाडौं-४ छाडेर गगन सर्लाही-४ झर्नु भएको छ  ।


उहाँले  काठमाडौं-४ मा सचिन तिमल्सेनालाई टिकटदिनु दिनु भएको छ । सर्लाहीबाट मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गर्न लगाउनु भयो  । उहाँ भोलि मात्रै निर्वाचन क्षेत्र जाने तयारी गर्नु भएको छ 

सर्लाहीमा गगनको मुख्य प्रतिस्पर्धी ०७९ मा स्वतन्त्र उठेर जितेका अमरेशकुमार सिंह हुने देखिएको छ । अमरेशले गएको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि बागी उठेर जित्नु भएको थियो ।


अहिले अमरेश रास्वपाबाट लड्दै हुनुहुन्छ । थापा र सिंहसहित नेपाली कम्युनिस्ट पार्टीबाट डा. रजनीश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वरराय यादव र एमालेबाट रविशङ्कर कुशवाहा मैदानमा हुनुहुन्छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend