काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिनु भएको छ ।
बुधबार महानगर प्रहरी बल कार्यालयमा सम्पूर्ण सकल दर्जाका नगर प्रहरीहरुलाई सार्वजनिक क्षेत्रभित्र धुम्रपान रोक्न अभियान केहि कमजोर भएको जस्तो देखिएको भन्दै प्रभावकारी रुपमा सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनु भएको हो ।
काठमाडौंको चारै क्षेत्रबाट महानगर प्रहरीले काम गरिरहेको भन्दै कुनै गुनासो नआउने गरि कार्यसम्पादन गर्न उहाँले निर्देश दि दिनु भयो । प्रमुख जोशीले फुटपाथ र पार्किङमा बढि ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले यसअघि भएका राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार गर्दै महानगर प्रहरी बललाई अघि बढाउने धारणा राख्नु भयो । यसअघिका प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएपछि जोशीले महानगर प्रहरी बलको नेतृत्व सम्हाली रहनु भएको छ ।