असोज २९ गते २०८३ || October 15, 2026

चिनियाँ टोली नेपालमा किन भ्रमण गर्न आइपुग्यो ?


बिहीबार , माघ ८ २०८२१२:२१

चिनियाँ टोली नेपालमा किन भ्रमण गर्न आइपुग्यो ?

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली नेपाल आइपुगेकाे छ ।  

चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले बताएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको जनाइएको  छ । 

झेङ नेपाल मामिलाका जानकार हुनुहुन्छ। उहाँ नेपाली भाषा पनि राम्ररी बोल्नु हुन्छा  । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसक्नु भएकी  उहाँ  यसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आउनु भएको छ  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend