असोज २९ गते २०८३ || October 15, 2026

माघ १६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने


शुक्रबार, माघ ९ २०८२११:५५

माघ १६ गते जनकपुरमा कांग्रेसले  मधेस सभा गर्ने

नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ।

 उक्त सभा जनकपुरमा हुनेछ।

कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी दिनुभयो ।

त्यसका लागि आजको केन्द्रीय समितिमा छलफल भई निर्णय गरिनेछ । कांग्रेसले चुनावकेन्द्रित सभाहरू गर्ने तयारी गरेको छ।

सभापति गगन थापासहित नेताहरू माघ ११ गते मधेस जानुहुने छ । १२ गते उहाँहरू सर्लाही पुग्नुहुने छ । सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुनुहुन्छ।

विशेष महाधिवेशनबाट पुस ३० गते गगन थापा सभापतित्वमा नयाँ कार्यसमिति आएको थियो। उक्त कार्यसमितिका पदाधिकारीले आज पदबहाली गर्ने कार्यक्रम छ। 

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। 

यो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति थापालाई तोक्ने निर्णय गर्नेछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend