भक्तपुरको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा उत्पन्न भएको तनाव अहिले सामान्य भएको छ।
बिहीबार राति १० बजे दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जवेगुले जानकारी दिनु भयो ।
उहाँका अनुसार सुधार गृहका क्याप्टेन सहितको समूहले करिब १२ जनामाथि कुटपिट गरेका थिए। त्यसपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो।
तर कुटपिट गर्ने समूहले प्रहरीकै मोबाइल र सेट समेत लुटेपछि प्रहरीसँग समेत झडप भएको थियो। प्रहरी माथि नै ढुंगा प्रहार भएको प्रहरीले बताएको छ।
घटनामा १३ जना घाइते भएका छन्।
नियन्त्रणका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिएको थियो।
बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो। आगो नियन्त्रणका लागि मध्यरातमा भक्तपुर र काठमाडौंका वारूणयन्त्र परिचालन गरिएको थियो।
सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन्।