कात्तिक १ गते २०८३ || October 17, 2026

लुम्बिनी प्रदेशका सांसदहरूले लिए शपथ, प्रदेशसभाको पहिलो अधिवेशन सोमबार हुने


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०४:०५

लुम्बिनी प्रदेशका सांसदहरूले लिए शपथ, प्रदेशसभाको पहिलो अधिवेशन सोमबार हुने

काठमाण्डौँ- लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। अन्य प्रदेशमा जेष्ठ सदस्यहरूले सम्बन्धित प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेपछि जेष्ठ सदस्यले अरू सदस्यलाई शपथ ग्रहण गराउने गरेपनि लुम्बिनी प्रदेशमा भने सबै सांसदहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए । प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ मा उल्लेख भएको ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

अघिल्लो प्रदेशसभाको कार्यकालमा तत्कालीन प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्त्वमा बनेको समितिले बनाएको नियमावलीमा प्रदेशसभा र प्रदेश प्रमुखको समन्वयमा सबै प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुखले नै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने उल्लेख गरिएको छ। त्यहि नियमावली अनुसार प्रदेश प्रमुखले शपथ ग्रहण गराएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानाकारी दिए ।


  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेशका सांसदहरूले लिए शपथ, प्रदेशसभाको पहिलो अधिवेशन सोमबार हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend