असोज २९ गते २०८३ || October 15, 2026

गण्डकीमा कांग्रेसका तिमिल्सिना विजय


आइतबार, माघ ११ २०८२०५:४३

गण्डकीमा  कांग्रेसका तिमिल्सिना विजय

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी हुनु भएको छ  । उहाँले ५ हजार ३३ मतभार पाउनु भयो । 

गण्डकीका २ सय २८ मतदातामध्ये २ सय २३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका २ जना सांसद र सत्ता गठबन्धनका ३ जना पालिका प्रतिनिधि हुनुहुन्थ्यो  । 

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उम्मेदवारले ५ हजार १ सय ५ मतभार पाउनुपर्नेमा तिमिल्सिनाले ७२ मतभार कम पाउनु भएको हो  । यद्यपि, मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गरिसकेको छैन ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो । मतदानमा सहभागी नभएका पालिका तर्फका तीनैजना मतदाता सत्ता गठबन्धनका हुनुहुन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend