असोज ३० गते २०८३ || October 16, 2026

कोशीबाट राष्ट्रिय सभामा निर्वाचित उम्मेदवारहरु


आइतबार, माघ ११ २०८२०६:०२

कोशीबाट राष्ट्रिय सभामा निर्वाचित उम्मेदवारहरु

राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित हुनु भएको छ  । कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिनु भएको थियो  । तर, कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन भएका कारण उहाँहरूको जित यसअघि नै सुनिश्चित थियो ।

निर्वाचित बनेका थापा कांग्रेस नेता हुनुहुन्छ । उहाँको  प्रतिस्पर्धी नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी मनोनयन दर्ताका क्रममा समयमै उपस्थित हुन नआएका कारण मैदानबाट बाहिरिएका थिए । परिणाम स्वरूप थापा निर्विरोध बन्नु भएको हो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend