राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार पहिलो पटक बाँकेको नेपालगञ्ज पुग्नु भएको छ ।
उहाँ नेपालगञ्ज विमानस्थलमा ओर्लंदा स्वागतमा ठूलो संख्यामा मानिसहरूको भिड जम्मा भएको थियो।
बाँकेबाटै प्रतिनिधिसभा उम्मेदवार बनेका खगेन्द्र सुनार लगायतका रास्वपाका नेता/कार्यकर्ता शाहको स्वागतमा पुग्नु भएको छ ।
प्रहरीलाई स्कर्टिङ गर्न हम्मेहम्मे परिरहेको छ।
सुनारको सचिवालयका अनुसार शाह नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा दर्शनका लागि जाँदैहुनुहुन्छ।
त्यसपछि उहाँ कोहलपुर हुँदै पश्चिमको भ्रमणमा जानुहुने छ ।
उहाँ बर्दिया हुँदै कैलालीसम्म जाने योजनाका साथ आएको जानकारी दिइएको छ ।