असोज ३० गते २०८३ || October 16, 2026

सर्लाही पुगेका गगन थापालाई भब्य स्वागत


सोमबार, माघ १२ २०८२०४:०४

सर्लाही पुगेका  गगन थापालाई भब्य स्वागत

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही पुग्नु भएको छ ।

सर्लाही ४ बाट उहाँ  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ। 

सभापति थापा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजमा सिमरा विमानस्थल जानु भएको थियो भने त्यहाँबाट गाडीमा सर्लाही जानुभएको हो ।

सिमरा विमानस्थल र सर्लाहीमा सभापति थापालाई नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए।

सभापति थापाले सर्लाही क्षेत्र नम्बर ३ बरहथवामा रहेकाे पार्टीको क्षेत्रीय कार्यालय निरीक्षणसमेत गर्नु भएको थियो ।

सभापति थापा केही दिन सर्लाहीमा चुनावकेन्द्रित कार्यक्रममा रहनुहुने छ ।

उहाँ यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहँदै जित्दै आउनु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend