असोज ३० गते २०८३ || October 16, 2026

गर्न सक्ने कुराहरू मात्रै घोषणापत्रमा समेट्छौँ : चालिसे


मंगलबार, माघ १३ २०८२०६:१७

गर्न सक्ने कुराहरू मात्रै  घोषणापत्रमा समेट्छौँ : चालिसे

नेपाली कांग्रेसले सुशासन, विकास र भविष्यकेन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलबार (माघ १३) पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो  । उहाँले घोषणामा मात्रै सीमित हुने घोषणापत्र नबनाउने बताउनु भयो  ।

केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको उहाँले  बताउनु भयो  । नेपालमा कामभन्दा कुरा धेरै गर्ने प्रवृति रहेको भन्दै चालिसेले कांग्रेसले गर्न सक्ने काम मात्रै घोषणापत्रमा समेट्ने जानकारी दिनु भयो ।

"घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनीय कार्यक्रम घोषणाको लागि घोषणा होइन कि विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ," चालिसेले भन्नुभयो , "किनकि कुरा धेरै गर्ने, काम कम हुने नेपालको राजनीतिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौं र बोलेको कुरा पूरा गर्छौं ।"

निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उमेदवारहरूले पनि आफ्नो घोषणापत्र बनाउने चालिसेको भनाइ छ । उहाँले एकजुट भएर निर्वाचनमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

"पूर्ण एकता छ कांग्रेस पार्टीमा । एक भएर, एकढिक्का भएर हामीले आफ्नो उमेदवारलाई विजयी बनाएर नेपाली कांग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडि बढेका छौँ," उहाँले भन्नुभयो  ।

चालिसेले देशभरका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताउनु भयो  । विद्रोह गरेका केही उमेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको उहाँको  भनाइ छ ।

"हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरूको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ," उहाँले भन्नुभयो  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend