असोज ३० गते २०८३ || October 16, 2026

जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ - कांग्रेसको नीति


बुधबार, माघ १४ २०८२११:१६

जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ - कांग्रेसको  नीति

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रणनीति तयार पार्दैछ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा चुनावी परिचालन समिति बनेको छ। उक्त समितिले 'निर्वाचन परिचालन निर्देशिका' बनाउँदैछ र चुनावी रणनीति तय गर्ने नेताहरूले जनाउनु भएको छ ।

कांग्रेसको विभिन्न तहमा रहेका नेताहरू र सदस्यहरू एक महिना चुनावकेन्द्रित हुनुपर्ने गरी निर्वाचन परिचालन निर्देशिका तयार भइरहेको छ ।

कांग्रेसले माघ २१ गतेदेखि फागुन २१ गतेसम्म नेता तथा कार्यकर्तालाई आ-आफ्नो क्षेत्रमा परिचालन गर्ने भएको हो। उपसभापति शर्माले तयार गरिरहेको निर्वाचन परिचालन निर्देशिकामा यो कुरा उल्लेख छ।

‘अब हामी चुनावकेन्द्रित हुन्छौं, चुनावको अन्तिम ३० दिन जसको जिम्मेवारी जहाँ, जसले खट्ने त्यहाँ भन्ने रणनीतिका कुरा निर्देशिकामा छ,’ एक पदाधिकारीले भन्नुभयो ।

उपसभापति शर्माले प्रदेशस्तरीय विशेष आन्तरिक छलफल गर्दै निर्देशिका तयार गर्दैहुनुहुन्छ । केन्द्रीय कार्यालय सानेपामै दिनहुँजस्तो प्रदेश स्तरीय आन्तरिक कार्यक्रमहरू हुने गरेका छन्।

अहिलेसम्म कर्णाली र सुदूरपश्चिमको छलफल सकिएको छ भने गण्डकीको छलफल हुादैछ।

छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला सम्पर्क समितिका सभापति एवं काठमाडौंमा रहेका शुभेच्छुक एवं युवा सहभागी रहेको नेताहरूले जनाउनु भएको छ ।

सभापति गगन थापाले पनि नेता तथा कार्यकर्ताहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा परिचालन हुन भन्नु भएको थियो । 

आफ्नो चुनावी क्षेत्र सर्लाही ४ मा आउन नेता कार्यकर्ताहरूले फोन गरिरहेको सन्दर्भ उल्लेख गर्दै सभापति थापाले आ-आफ्नो क्षेत्रमा परिचालित हुन आग्रह गर्नु भएको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend