असोज २९ गते २०८३ || October 15, 2026

वर्तमान कांग्रेससँग पहिलेका राम्रा कुरा सबै छन्, नराम्रा केही छैनन्ः सभापति थापा


शुक्रबार, माघ १६ २०८२०१:१८

वर्तमान कांग्रेससँग पहिलेका राम्रा कुरा सबै छन्, नराम्रा केही छैनन्ः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गर्नु भएको छ ।  शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताउनु भएको हो  ।

‘अहिलेको कांग्रेससँग हिजोको कांग्रेसका राम्रा कुरा सबै छन्। हिजोको सबै कुरा खराब हुँदैन । हिजोको सबै खराब हुने भए हाम्रो स्वास्थ्य खराब हुन्थ्यो । हाम्रा भगवान्, मन्दिर, मस्जित खराब हुनुपर्ने । हाम्रा पितापुर्खा खराब हुनुपर्ने । बालबालिका मात्रै राम्रा हुनुपर्ने,’ सभापति थापाले भने, ‘त्यसो होइन । हामीलाई हाम्रो राम्रा कुराको इतिहाससँग गौरव छ । त्यो हाम्रो परम्परा हो, संस्कृति हो ।’

हिजोका खराब कुरा मात्रै सबै छाडेको उहाँले  । भन्नुभयो , ‘हिजोका खराब कुरालाई मात्रै छाड्ने हो । नयाँ समयको नयाँ मागलाई हेर्ने हो ।’

अहिलेको कांग्रेस त्यही कुरा मनन् गरेर आएको सभापति थापाले बताउनु भयो  । ‘यो कांग्रेससँग पाँच वर्षको योजना छ, सोच छ, देश बदल्ने । हिजोका गल्ती कमजोरी यो कांग्रेसले दोहोर्‍याउँदैन,’ उहाँले भन्नुभयो । यसक्रममा भ्रष्टाचार, कुशासन अन्त्य गरेर वर्षौँसम्म गर्छु भनेर गर्न नसकेका कामहरू पूरा गर्ने उहाँले बताउनु भयो  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend